Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे युवा अज्ञात

    ५ माघ, बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् ।

    बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताए । वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा नपाउँदा सुविधाबाट वञ्चित हुनु परेको स्थानिय युवा गोमा खत्रीले बताए । उनले राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानीयहरुले चासो नदिएको दुखेसो पोखे ।

    Advertisement

    वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरुबारे यस्तो बताएका हुन । समाज सुधार युवा क्लबका सदस्य सुरेश वलीले वन्यजन्तुबाट हुने असर कम गर्न तारजाली मात्र भएर नहुने बताए ।

    कार्यक्रमका सहभागीहरुले राहत प्रक्रिया सरल बनाउनुपर्ने र स्थानीय निकायले प्रत्यक्ष निरीक्षणको आधारमा राहत दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका मुद्दाहरुलाई समेट्दै सहजकर्ता सावित्री गिरीले वन्यजन्तुबाट भएको राहत वितरण निर्देशिका २०८० मा समेटिएका राहात पक्रियाका बिषयमा जानकारी गराइन ।

    Advertisement

    युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्‌ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधिका रुपमा क्लब चौतारी गरिएको समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)का कार्यक्रम संयोजक भिम बहादुर सार्कीले बताए ।

    कार्यक्रममा ३८ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । यो संवादको अडियो भिडियो कार्यक्रम समेत प्रसारण गरिने सिसिएनले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »