३ माघ, काठमाडौँ । लामो प्रयास पछि इजरेल र हमास बीच युद्धविराम गर्ने र बन्धकहरुलाई छाड्ने सहमति भएको छ ।
विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ । ४६ हजार जनाको ज्यान गइसकेपछि अन्ततः इजरेल र हमास बीच युद्धविराम गर्न सहमति भएका छन ।
Advertisement
अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो । दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ ।
Advertisement
यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ ।
इजरेल र हमास बीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरेलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थी सहित एक हजार २ सय जनाको ज्यान लिएका थिए । नेपालका विपिन जोशी सहित दुई सय ५० जनालाई बन्धक पनि बनाएर लगेका थिए ।
Advertisement
त्यसपछि इजरेलले जवाफी कारबाही सुरु गरेको थियो । हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।
टिप्पणीहरू