३ माघ, काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान माथि छुरा प्रहार भएको छ । गएराति मुमबईको बान्द्रा स्थित घरमा उनी माथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए ।
Advertisement
प्रहरी अधिकारीका अनुसार एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् । उनी माथि छ पटक छुरा प्रहार भएको बुझिएको छ । उनलाई घाटी र मेरुदण्डमा गहिरो चोट लागेको छ ।
घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो ।
Advertisement
आक्रमणकारी घटनास्थलबाट भागेको र बान्द्रा प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
टिप्पणीहरू