३ माघ, बाँके । नेपालको सीमा सम्म लामो दुरीको रेल सञ्चालकका लागि रुपैडिहा देखि ठूलो लाईनको रेलमार्ग निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ ।
नेपाल–भारत सीमा स्थित रुपैडिहा सम्म बेलायती सरकारको मातहातमा बनेको एक सय ३७ वर्ष पुरानो रेलवेलाई नयाँ ढंगले निर्माण हुदैँछ । रुपैडिहा देखि गोण्डा सम्मको रेलमार्ग सन् १८८६ मा बेलायती सरकारले निर्माण गरेको थियो । उक्त रेलमार्ग भत्काएर नयाँ फराकिलो लाइन निर्माण भईरहेको छ ।
Advertisement
यो रेलमार्ग निर्माणबाट नेपाल र भारतको सम्बन्ध अझै मजबुत हुने अपेक्षा गरिएको छ । प्रत्येक दिन नेपालबाट हजारौंको संख्यामा नेपालीहरु भारतको विभिन्न स्थानमा नेपालगञ्ज स्थित रुपैडिहा हुदैँ आवागमन गर्छन ।
यसको निर्माणले नेपाली मात्रै नभई भारतका क्षेत्रीय यात्रुले समेत यातायातको सहुलियतका साथ सुविधा पाउनेछन ।
Advertisement
सुविधा सम्पन्न आधुनिक रेल सुविधा उपलब्ध गराउन भारतको रेल मन्त्रालयले बहराइच देखि नेपालगञ्ज सडक सम्म ५६ किलोमिटर लामो रेलमार्ग निर्माण गरिरहेको छ ।
यसका लागि मन्त्रालयले तीन सय ४२ करोड बजेट विनियोजन गरेको भारतीय सञ्चारमाध्यले जनाएको हो ।
Advertisement
पुरानो मार्गलाई हटाएर नयाँ रेलमार्ग द्रुत गतिमा विछ्याइदैै छ । रेलवे मार्ग सहित रुपैडिहामा आधुनिक स्टेशन, सामानका लागि गोदाम पनि बनाइनेछ । यसका लागि पुरानो स्टेशनको संरचना भत्काएर नयाँ संरचना निर्माण भईरहेको छ ।
टिप्पणीहरू