Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

    २९ पुष, काठमाडौँ । चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन भएको छ ।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याले ग्रसित थिए ।

    Advertisement

    ६४ वर्षीय शेर्पा एक साता देखि उपचाररत थिए । उपचार कै क्रममा उनको गएराति सवा १२ बजेको समयमा ग्रान्डी अस्पतालमा निधन भएको हो ।

    उनका दुई छोरा र तीन छोरी छन् । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्ष समेत हुन् ।

    Advertisement

    केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था सँग आबद्ध थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »