२५ पुष, कपिलवस्तु । कपिलवस्तुमा तीन ज्यान मार्ने र डाँका सहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको कृष्णनगर नगरपालिका–१ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५) बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई उक्त आरोपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो ।
Advertisement
प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गुर्चिहवाबाटै पक्राउ गरिएको हो ।
विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहिवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए ।
टिप्पणीहरू