१८ पुष, विराटनगर । गायत्री संस्कृत माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
सो उपलक्ष्यमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं सात स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि नेपालले आफुले पाउने सम्पूर्ण तीन वर्षको प्र.अ. भत्ता आफ्नै विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पाँचसयका दरले वितरण गरेका छन् ।
Advertisement
माध्यमिक विद्यालयका प्र.अ.ले वार्षिक रुपमा छ हजार प्र.अ. भत्ता पाउने गरेका छन् ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत नारायण पोखरेलले आफ्ना पिता माताका नाममा स्थापना गरिने ‘टङ्क मञ्जरी स्मृति छात्रवृति कोषबाट’ १० जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्नुभयो र विद्यालयमा निकट भविष्यमानै आमा बाबाको नाममा एकलाख रुपैयाको अक्षयकोष स्थापना गरिदिने जानकारी गराए ।
Advertisement
वार्षिकोत्सव कार्यक्रममा पाँचजना गुरु गुरुआमाहरु कविता कार्की, बलराम कोईराला, दुरेन्द्र कुमार मण्डल, अन्जना भट्टराई, र पुण्यकला तिम्सिनालाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा सम्मान रपुरस्कृत गरिएको थियो ।
सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखेल, सदस्यहरु तरानन्द मण्डल, तुलसीराम विश्वकर्मा, गीता विश्वकर्मा, पुनम कामत, कल्यानी कुमारी कर्णलाई समेत विद्यालयले सम्मान गरेको छ ।
Advertisement
कार्यक्रममा विराटनगर महानगरपालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले यो विद्यालयले अहिलेको आवश्यकता बमोजिम पूर्वीय र पाश्चात्य दुवै धारलाई अँगाल्दै शिक्षा दिईरहेको र अझै यसलाई नमुनायोग्य विद्यालय बनाउन सबै पक्ष प्रयासरत हुनु पर्ने बताए । संस्कृत विद्यालय भए पनि यस विद्यालयमा नेपाली, मुस्लिम, राइर्, लिम्बू, थारु, चौधरी, राजवंशी, मैथिली, दलित र अत्यन्त पिछडा वर्गका केटाकेटीहरु समभावले संस्कृत शिक्षा भाषा, साहित्य, व्याकरण र योगशास्त्र समेतको अध्ययन गरिरहेका र समयको माग अनुसार कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा समेत पठन पाठन भई रहेको प्रधानाध्यापक चूडामणि नेपालले गराए ।
कार्यक्रममा वार्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद, नृत्य र अन्य विधामा समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका स.प्र. प्रदिप कुमार चापागाईंले गर्नु भएको थियो भने सभापतित्व विद्यालयका वि.व्य.स अध्यक्ष राजेश पोखरेलले गरेका थिए ।
टिप्पणीहरू