१५ पुष, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् ।
नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए ।
Advertisement
देशमा बढिरहेको स्वास्थ्य समस्या अटिजम देखिएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोग सम्बन्धमा निर्देशिका तयार पार्न डा. दीपक प्रकाश महराको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ । डा. महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा दीपकराज सापकोटा, डा. सुनिता मलेकु, डा. मेरिना श्रेष्ठ, डा. अरुण कुँवर सदस्य छन् । ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि सदस्य छन् भने मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।
Advertisement
समितिले अटिजमको बढ्दो दर रोकथामका लागि उपायका उपचार तथा सहयोग सम्बन्धी क्रियाकलापका लागि सुझाव सहितको प्रतिवेदन तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
सरकारी तथा गैरसरकारी विकास साझेदारहरु सँग समेत सहकार्यको खाका तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ ।
Advertisement
समितिले सरोकारवालाको सुझाव ग्रहण गर्दै निर्देशिकामा समावेस गर्न सकिने उपायबारे सुझाव दिनेछ ।
टिप्पणीहरू