१४ पुष, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र परिवार सहित भारत गएका हुन ।
पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासा सहित उत्तर प्रदेशको राजधानी लखनउ गएका हुन् । भारतमै अंग्रेजी नयाँ वर्ष मानेर पुष १९ गते नेपालगञ्ज फर्किने कार्यक्रम रहेको बुझिएको छ ।
Advertisement
पूर्वराजा ज्ञानेन्द्र परिवारको उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको बताइएको छ । अर्थात् मुख्यमन्त्री योगी आदित्यले नै सबै सुरक्षा र अन्य व्यवस्था गरेका छन् ।
स्रोतका अनुसार उनले उत्तर प्रदेशका मुख्यमन्त्री लगायत भारतका उच्चस्तरीय नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाल समाचारपत्रमा खबर छ ।
टिप्पणीहरू