१३ पुष, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरले नागरिक सुनवाई गरेको छ ।
ई.प्र.क. गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको सभापतित्वमा सभाएको नागरिक सुनवाई कार्यक्रमको विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी, वडा नं ५ का वडाध्यक्ष अनवार अहमद, नेपाली कांग्रेस विजयनगर कमिटी अध्यक्ष मो. रफिक समेतको सहभागिता थियो ।
Advertisement
प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८१/८२ मा २३ वटा मुद्दा दर्ता भएको ९ मुद्दा किनारा लागि सकेको र १४ वटा अझै फैसला हुन बाँकी रहेको जानकारी गराए । उनले ९० वटा ठाडो निवेदन परेको जसमा ७५ वटा किनारा लागि सकेको तथा १५ वटा अझैँ बाँकी रहेको, ३० जना फरार प्रतिवादी सम्बधित निकायमा आवश्यक कार्यवाहीका लागि पठाईएको, २० जनाको अझैँ खोज तलास भइरहेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष चौधरीले सामाजिक परिवर्तन गर्न व्यक्तिको मानसिकता परिवर्तन हुनु पर्ने जोड दिदैँ आफूले विभिन्न चुनौतीको सामना गर्दै आएको तर पनि समाजमा सकारात्मक परिवर्तन गर्न आफू पछाडि नहट्ने बताए ।
Advertisement
यस्तै, मोहम्द रफिकले प्रहरीको सेवाबाट आम नागरिक सन्तुष्ट छन् कि छैनन् ? भन्ने उदेश्यका साथ राखिएको कार्यक्रम सराहनीय रहेको बताउदै आम नागरिकले आफ्नो हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने जिकिर गरे ।
कार्यक्रममा नागरिकबाट आएका जिज्ञासालाई सम्बोधन गर्दै चन्दले प्रहरी तथा नागरिक मिलेर अगाडि आए मात्र समाजमा शान्ति स्थापना हुन सक्ने बताए ।
Advertisement
कार्यक्रममा स्थानीय, पत्रकार, प्रहरी, समाजसेवी, राजनीतिक व्यक्ति, शिक्षाप्रेमी, किसान लगायत अन्यको सहभागिता रहेको थियो ।
इलाका प्रहरी कार्यालय गणेशपुरका सहायक प्रहरी निरिक्षक जुक्ती घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
टिप्पणीहरू