५ पुष, कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको आयुर्वेद शाखामा कार्यरत सातौं तहकी बरिष्ठ आयुर्वेद स्वास्थ्य निरीक्षक रेखा सुक्लालाई विदाई गरिएको छ ।
विगत १४ बर्ष ६ महिना देखिको मायादेवी गाउँपालिका आयुर्वेद शाखा (पकडी आयुर्वेद औषधालय)मा कार्यरत सुक्लालाई एक कार्यक्रम बीच गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमान, प्रशासकीय अधिकृत रामकृष्ण तेली लगायत पालिकाका जनप्रतिनिधि र कर्मचारीले उनलाई विदाई गरेको हो ।
विदाई क्रममा मायाको चिनो लिदैँ कपिलवस्तुको यात्रा छुटिदा धेरै पिँडा महसुस भईरहेको बताइन । उनले यस अन्तरालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी, जनप्रनिनिधि र समुदायस्तरबाट पाएको मायाको सधैं आभारी रह्ने बताइन ।
उनलाई गाँउपालिकाको सम्पूर्ण परिवार बीच स–सम्मान विदाई गरिएको थियो ।
टिप्पणीहरू