Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कानून मन्त्रालयलाई अवधी संविधान हस्तान्तरण

    १३ पुष, काठमाडौं । स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२लाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

    डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याएको छ । प्रकशित प्रतिलाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानूनकर्मी सन्तोष रेग्मीले प्रदान गरेका छन ।

    Advertisement

    मन्त्रालयमा एक समारोहका बीच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशन बारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गरेका छन ।

    त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधी भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्‌न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधी भाषीलाई संविधान पढन आग्रह गरे । उनले सरकारले गर्ने कामलाई सहयोग गरेको भन्दै कानूनलाई स्थानीयकरण गरेकोमा खुशी व्यक्त गरे ।

    Advertisement

    यसैबीच प्रकाशित अवधी संविधानलाई भाषा आयोगमा पनि पठाइएको छ । भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा सँविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

    आइएचआरसी संस्थाले अवधी संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ । आगामी दिनमा अन्य कानूनलाई अनुवाद गरि प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »