Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगन्ज-९ बाट ब्राउन सुगर सहित २ जना पक्राउ

    १३ पुष, बाँके । बाँकेको नेपालगन्जबाट लागू औषध सहित दुई जना पक्राउ परेका छन ।

    शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ पिलानिपुरवाबाट लागू औषध ब्राउन सुगर सहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    Advertisement

    लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगन्ज-१३ का ४० वर्षिय रहिस कवाडियाको साथबाट ब्राउन सुगर जस्तो देखिने ९६ ग्राम ४९० मिलि ग्राम धुलो पदार्थ र नेपालगन्ज-१६ जयसपुरका ४० वर्षिय बदरुदिन जसगढ सहित दुबै जनालाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

    उनीहरुलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »