१३ पुष, काठमाडौँ । उपचारको बहानामा बिरामीको घर पुगर लुटपाट गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जीतेन्द्र मण्डल रहेका छन ।
Advertisement
मण्डललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पीडितलाई सामाजिक संजाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाएर वेहोस पारेर लुटपाट गरेको केन्द्रीय प्रहरीले जनाएको छ ।
Advertisement
पीडितको कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र ३ थान मोबाइल बरामद गरेको छ ।
Advertisement
नक्कली डाक्टर मण्डललाई अनुसन्धान एवम कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।




















टिप्पणीहरू