२ पुष, काठमाडौँ । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारत सँग प्रतिस्पर्धा गर्दैछ ।
खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
Advertisement
प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपाल सहित भारत र पाकिस्तान छन् ।
टिप्पणीहरू