Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाले दिए राजीनामा

    २३ मंसिर, काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निणर्य प्रति असन्तुष्टि पोखेका छन् ।

    झाले सामाजिक सञ्जालमा लेख्दै आफुसंग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताए । युनियनका सल्लाकार समेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहेनुको तुक नभएको बताए । उनले सल्लाकार पद त्यागेको घोषणा पनि गरेका छन् ।

    Advertisement

    पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्ष सहितको महत्वपूर्ण पदहरु एमाले निकट प्रेस चौतारीलाई बुझाएको छ । आफुले पाएको पदहरुमा समेत ब्यापक असन्तुष्टि दखिएको छ ।

    झाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, “मेरा आत्मीयजनलाइ जानकारी सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र ? छोडियो । साथीहरूसङ्ग रहिरहन त पदै किन चाहियो ? म सधै मेरा साथीहरूसङ्गै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैसङ्ग छ ।”

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »