१३ मंसिर, काठमाडौँ । आसन्न मंसिर १६ गते आइतबार हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रह्ने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
Advertisement
निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्छ । आचारसंहिता पालना भएको नभएको बारे आयोगले अनुगमन समेत गर्ने जनाएको छ ।
यस अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जाल मार्फत मत माग्न समेत पाइने छैन ।
टिप्पणीहरू