संजय कुशवाहा
३० कात्तिक, नवलपरासी । नवलपरासी नवलपरासीको सुस्ता गाँउपालीका वडा नं. ५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला शुक्रबार सम्पन्न भएको छ ।
मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारतको महराजगंजका जितेन्द्र पहलवान विजेता बनेका थिए भने द्वितीयमा भारतको गोरखपुर बस्ने अनिल पहलवान विजेता भएका छन भने तृतीयमा भारतको कुशिनगर जिल्लाका मंजेश पहलवानले हाथ पारेका छन ।
Advertisement
प्रथम हुने पहलवानलाई चाँदीको मुख्दर सहित ३८ हजार नगद, द्वितीय हुनेलाई एक मुस्ट १६ हजार नगद र तृतीय हुनेलाई साईकल र १० हजार नगद सहित प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल प्रतियोगीतामा कुल २५ जोडी पहलवान प्रतिस्पर्धा गरेका थिए ।
सो वडाका वडाध्यक्ष प्रभु यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) को प्रमुख अतिथित्यता रहेको थियो ।
Advertisement
सो अवसरमा सुस्ता गाउँपालिका प्रमुख टेकनराण पाण्डे, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव, सशस्त्र प्रहरी विओपी बलिनगरका सशस्त्र प्रहरी निरीक्षक संतोष सापकोटा, समाज सेवी ओम प्रकाश जयसवाल,संजित शर्मा, रवीन्द्र जयसवाल, कनहिया हरिजन, भरत भुवाल चौहान, नन्दकिशोर कुशवाहा लागायतको उपस्थिती रहेको थियो ।
आगामी दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा मन्त्री कलवारले जोड दिनु भएको थियो । एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणी नदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहारबाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।
Advertisement
नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।
टिप्पणीहरू