Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवलपरासीको प्रतापपुरमा चौथो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न

    संजय कुशवाहा
    ४ कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा चौथो वडाअध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

    गुठी सुर्यपुरा युवा परिवारको आयोजना तथा वडा न.७ को संयोजनमा प्रतियोगिता खसोज २७ गते देखि संचाल भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता संगै क्रीकेट र कपर्दी खेल प्रतियोगिता टिमहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    आयोजना गरिएको तीन खेल मध्ये क्रीकेट प्रतियोगिताको फाईनल प्रतिस्पर्धा सुस्ता वड नं.५ पक्लिहवा र जगन्नाथपुर क्रीकेट टिम बीच भएकोमा पक्लिहवा क्रीकेट टिम ८ विकेटले विजयी भएको थियो ।

    यस्तै, कपर्दी खेल सुस्ता वडा नं.३ सखुवाना र प्रतापपुर ७ को गोबरहिया टिम बिच भएको फाईनल प्रतिस्पर्धामा सखुवाना टिमले पहिलो स्थान हासिल गरेको थियो भने गोबरहिया टिम दोस्रो र पिपरपाती टिम तेस्रो भएको आयोजकले जनाएको हो ।

    Advertisement

    खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा बन्जरिया टिमले माकर टिमलाई २ को विरुद्ध ३ सेटले पराजित गरि ३० हजार नगद कप मेडल प्राप्त गरेको थियो भने उपविजेता माकर टिमले २० हजार नगद सहित कप मेडल प्राप्त गरेको छ ।

    सोही वडाका वडाध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यतामा तीन खेल प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

    Advertisement

    सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य कलवारले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै विजेता र उप विजेतालाई सिल्ड कप र मेडल प्रदान गर्दै ग्रामीण भेगमा खेलाइने खेलहरुबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्दै युवा जनशक्तिलाई खेलकुदको माध्यमबाट बहुआयामिक व्यक्तित्वको विकास गर्न सकिने जिकिर गर्दै अन्त्यमा सत्य र न्यायको नै जित हुने विचार व्यक्त गरे ।

    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको भलिबल प्रतियोगिताको समापन समारोहमा प्रतापपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष महेन्द्र चौधरी, वडा २ का वडाध्यक्ष रामनरेश यादव, वडा न. ४ का वडाध्यक्ष जयन्त्री बरई, वडा नं.९ का पुर्व वडाध्यक्ष हेमेन्द्र पजियार लगायत जनप्रतिनिधि, खेलप्रेमी र ठूलो सङ्ख्यामा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।

    Advertisement

    खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि सम्मान सहित मेडल प्रदान गरिएको छ भने कार्यक्रम संचालन ब्यास मुनि कुशवाहाले गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »