३ कात्तिक, काठमाडौँ । नेकपा एमालेका नेता तथा तत्कालीन सहकारी ठगी सम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्ति प्रति टिप्पणी व्यक्त गरेका छन् ।
उनले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपाका सभापति लामिछाने प्रति संकेत गर्दै ‘क्लिन चिट र सफाइ’ फ्लप भएको उल्लेख गरेका छन् । उनले फेरि कलाविहीन नयाँ नाटक ‘प्रतिशोध’ मञ्चन भइरहेको र त्यो पनि सुपरफ्लप हुने दाबी गरेका छन् ।
Advertisement
उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयाँ नाटक मन्चन भइरहेछ- ‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौँ ।’
टिप्पणीहरू