Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय ताेकियाे

    २ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले आसन्न मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

    उपचुनाव हुने जिल्लामा रिक्त नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको चुनावका लागि सम्बन्धित पालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी गराए ।

    Advertisement

    यस्तै, वडाध्यक्षको मात्र चुनावका लागि सम्बन्धित वडाको केन्द्र रहेको ठाउँमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »