Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भोलिबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर

    ३० असोज, बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ ।

    भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो ।

    Advertisement

    कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ दिन सम्म कार्यक्रम सञ्चालन हुनेछ ।

    बिहीबार स्वास्थ्य चौकी हिरमिनियामा वडाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुनेछ ।

    Advertisement

    कार्यक्रम नियमित रुपमा कात्तिक १४ गते सम्म सञ्चालन रह्ने किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।

    उनका अनुसार कार्यक्रममा बिरामीले सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको छ ।

    Advertisement

    साथै आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको छ ।

    शिविरमा बिहान साढे १० बजे देखि ३ बजे सम्म आँखा जाँच गराउन सकिने संयोजक मिश्रले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »