Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बहराईच साम्प्रदायिक हिंसा फेरी भड्कियो, कतै आगजनी कतै दंगा

    AAJTAK

    २८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लामा आज फेरी हिंसा भड्किएको छ । रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको थियो ।

    पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका उपस्थित हजारौको संख्यामा मानिसहरु आक्रोशित बनेका थिए । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र एनकाउन्टरको माग गरेका छन ।

    Advertisement

    यी सबै माग लिखित रुपमा बुझाएपछि मात्रै अन्तिम संस्कार गरिने उनीहरुको पीडित पक्षले जनाएको छ । अधिकारीहरू सँग वार्ता भने जारी नै छ ।

    बहराईच साम्प्रदायिक प्रकरणः आरोपितलाई एनकाउन्टर र घर माथि बुलडोजर चलाउन पीडितको माग

    Advertisement

    गाउँमा गएका आज बिहान पुगेका तहसिलदारलाई त्यहाँका स्थानीयले लखेटेका थिए । गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

    Advertisement

    भारतीय सञ्चारमाध्यम अनुसार आइतबार दुर्गा भवानीको मुर्ति विसर्जन क्रममा राम गाँउ थाना क्षेत्रको रेहुआ मन्सूर गाँउबाट लगिएको दुर्गा मूर्ति विसर्जन जुलूस हरदी थाना क्षेत्रको महाराजगञ्ज बाजार पुगेको थियो । धार्मिक स्थल अगाडि बाजागाजा सहित पुगेको र्‍याली विरुद्ध त्यहाँको समुदाय विषेशका केही व्यक्तिले रहुआ मन्सुर गाउँका २२ वर्षीय रामगोपाल मिश्रलाई समुदायका सदस्यले अपहरण गरी उनलाई घरमा लगेका थिए । जसपछि गोली हानेर हत्या गरेका थिए ।

    बहराईचमा फेरी हिंसा भड्किदा झनै माहोल तातिएको छ । हत्यालाई लिएर त्यहाँ गाडी, पसल, मोटरसाईकलको शोरुममा आगजनी समेत गरेका छन । प्रदर्शनकारीहरु हातमा लाठी डंडा सहित सडकमा उत्रिएका छन ।

    Advertisement

    प्रहरीेले स्थितिलाई नियन्त्रणमा ल्याउन आसुग्यास सहित लाठीचार्च गरिरहेको भारतीय सञ्चारमाध्यमले रिर्पोट गरेका छन ।
    यद्यापी डिएम मोनिका रानीले प्रस्थिति नियन्त्रणमा ल्याउन सक्दो प्रयास जारी रहेको बताएकी छन ।

    युपीका मुख्यमन्त्री आदित्यनाथ योगीले बिग्रिदै गएको स्थितिलाई मध्यनजर गर्दै एडीजी (कानून व्यवस्था) र एसटीएफ चिफ अमिताभ यशलाई तत्काल बहराईच जान निर्देशन दिएका छन । मुख्यमन्त्री योगीले आज साँझ सम्म घटनाको रिर्पोट मागेका दैनिक जागरणले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »