२८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लाको रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको छ ।
पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका मानिसहरु आक्रोशित भएका छन । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र एनकाउन्टरको माग गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
Advertisement
गाउँमा गएका तहसिलदारलाई सबैले लखेटेका थिए । गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भारतीय सञ्चारमाध्यम अनुसार आइतबार दुर्गा भवानीको मुर्ति विसर्जन क्रममा राम गाँउ थाना क्षेत्रको रेहुआ मन्सूर गाँउबाट लगिएको दुर्गा मूर्ति विसर्जन जुलूस हरदी थाना क्षेत्रको महाराजगञ्ज बाजार पुगेको थियो ।
Advertisement
धार्मिक स्थल अगाडि बाजागाजा सहित पुगेको र्याली विरुद्ध त्यहाँको समुदाय विषेशका केही व्यक्तिले रहुआ मन्सुर गाउँका २२ वर्षीय रामगोपाल मिश्रलाई समुदायका सदस्यले अपहरण गरी उनलाई घरमा लगेका थिए । जसपछि गोली हानेर हत्या गरेका थिए ।
विरोध प्रदर्शनसँगै आगजनी र ढुङ्गामुढा समेत भएको थियो । प्रहरीले प्रदर्शन गरिरहेका बहुसंख्यक समुदायका मानिसहरू माथि लाठिचार्ज समेत गरेको थियो ।
Advertisement
साथै गोली चलाउने अभियुक्तलाई फासीको समेत माग गरिएको छ । यी सबै माग लिखित रुपमा बुझाएपछि मात्रै अन्तिम संस्कार गरिने उनीहरुको भनाइ छ । अधिकारीहरूसँग वार्ता भने जारी नै छ ।
यता उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले घटना घटाउनेलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन । उनले सबैको सुरक्षाको ग्यारेन्टी समेत गरेका छन । एक पोष्ट मार्फत उनले अराजक्ता मच्चाउनेलाई पहिचान गरेर कडा कारवाही गरिने बताएका छन ।
Advertisement
सथै उनले विसर्जन जारी रह्ने र प्रहरी प्रशासनलाई शान्ति सुरक्षाका लागि निर्देशन समेत दिएका छन ।
टिप्पणीहरू