Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज-२१ पुरैनाबाट शान्तिपूर्ण रुपमा दुर्गा भवानीको बिदाई – तस्विरहरु

    २७ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा यस पटक शान्तिपूर्ण रुपमा दुर्गा भवानीको बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

    नेपालगञ्ज-२१ पुरैनाका वडा अध्यक्ष राजकुमार शाहुको अगुवाईमा यस क्षेत्रमा रहेका मुर्ति विसर्जन कार्यक्रम क्रममा शान्तिपूर्ण र व्यवस्थित रुपमा पुरैनाबाट बिदाई गरिएको हो ।

    Advertisement

    केही वर्ष यता लगातार विवादित बन्दै आएको पुरैनामा यस वर्ष प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, हिन्दु निकटका संघ संगठन, स्थानीय र पत्रकार बीचको समन्वयमा दुर्गा भवानीको मुर्ति बिदाई गरिएको हो ।

    यस वर्ष पुरैनाका सबै दुर्गा पूजा समितिको समन्वयमा एक साथ बाजागाजा, नाँचगान सहित मुर्तिलाई बिदाई गरिएको हो ।

    Advertisement

    कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र सबै वडाबासीले संयमता र सदभाव प्रदर्शन गरेकाले शान्तिपूर्ण रूपमा मूर्ति विसर्जन कार्य सम्पन्न भएको वडाअध्यक्ष शाहुले नाईल खबरलाई बताए ।

    विवादित स्थानमा मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीको कडा निगरानी थियो ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »