Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ दिनको अवधिमा २ लाख बढी नेपालीहरु नेपालगञ्ज नाका हुदैँ स्वदेश फर्किए

    २४ असोज, बाँके । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरु दशैं मनाउन स्वदेश फर्किएका छन । नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट २ लाख भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन ।

    प्रत्येक वर्ष धान रोपेर भारतका विभिन्न राज्यका ठूला शहरहरुमा रोजगारीका लागि नेपालीहरु जाने गरेका छन । दशैं मनाउन उनीहरु पुनः नेपालगञ्ज-१५ स्थित जमुनाहा नाका हुदैँ घर फर्किरहेका छन । दशैं नजकिएसँगै घर फर्किने संख्या बढेको थियो ।

    Advertisement

    असोज १ देखि २२ गतेसम्मको अवधिमा दुई लाख ३५ हजार ५ सय ५६ नेपाली जमुनाह नाका हुँदै दशैं मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले जानकारी गराए ।

    बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।
    तर अहिले भारततर्फ जाने नेपालीको सङ्ख्या कम छ । पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार दुई सय ८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् ।

    Advertisement

    उनीहरुको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

    पश्चिम नेपालका अधिकांस जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतबाट रोजगारीका लागि नेपालीहरु भारतमा पुग्ने गरेका छन् ।

    Advertisement

    घर आएसंगै दशैं तिहार लगायतका चाडपर्व मनाएर धानबाली भित्र्यिाउने, मौसम अनुसारका गोडमेल गरेर अन्नबाली लगाएर फेरी रोजगारीका लागि प्रत्येक वर्ष लाखौंको संख्यामा नेपालीहरु भारत जानेगरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »