२३ असोज, बाँके । बाँकेको नेपालगञ्ज स्थित भन्सारको बेरियर गेट जमुनाहमा सारिएको छ ।
नेपालगञ्ज–१५ मा रहेको भन्सारको बेरियर गेट जमुनाहमा सारिएको नेपालगञ्ज उपमहानगरपालिकाका मेयरको सचिवालयले जनाएको छ । साथै बेरियर अब राति साढे १० बजे सम्म खुल्ने बताइएको छ ।
Advertisement
नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि यस विषयमा आवाज उठाउँदै आएका थिए ।
भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाहामा नाकामा सार्ने तथा आजै देखि लागू हुने गरी यात्रु शाखाको बेरियर पनि विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहने निर्णय गरी कार्यान्वयनमा ल्याइएको उपमहानगरले जनाएको छ ।
Advertisement
नेपालगञ्ज भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै सुरक्षा निकाय प्रति नगरले आभार समेत ज्ञापन गरेको छ ।
टिप्पणीहरू