Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२० सम्मको एभरेज दिने इभि स्कुटर अब नेपालगञ्जमा

    २२ असोज, बाँके । जमुनी अटो सेन्टर प्रा.लि.ले नेपालगञ्जमा विद्युतीय स्कुटरहरूको नयाँ मोडलहरु ल्याएको छ । कारकाँदो स्थित नेपाल टेलिकमको कार्यालय अगाडि रहेको यस अटो सेन्टरमा ८० किलोमिटर देखि २२० किलोमिटर सम्मको एभरेज दिने चार प्रकारका स्कुटर र ई-रिक्सा बिक्रीमा रहेका छन् ।

    सस्तो मूल्य र विविध सुविधासहित बजारमा आएका यी स्कुटरहरूले सस्तो, वातावरणमैत्री, र दीर्घकालीन यात्रा गर्न चाहने उपभोक्ताहरूलाई लक्षित गरेको छ ।

    Advertisement

    विद्युतीय यातायातको क्षेत्रमा जमुनी अटो सेन्टरले ल्याएका यी स्कुटरहरूले यात्रुलाई लामोदूरी तय गर्न सहज बनाउने छन् । २२० किलोमिटर सम्मको एभरेज दिने यी स्कुटरहरू विशेषगरी दैनिक यात्रा गर्नेहरूका लागि उपयोगी साबित हुनेछन् ।

    चार्जिङमा आधारित यात्रा प्रविधिलाई सहज बनाउन ४५ वाटको शक्तिशाली मोटर जडान गरिएको छ भने दुई वर्षको ब्याट्री वारेन्टी समेत प्रदान गरिएको छ ।

    Advertisement

    जमुनी अटो सेन्टरले यस पावन अवसरमा ग्राहकहरूलाई नगद छुटको पनि विशेष सुविधा दिएको छ । विजया दशमी, दीपावली, र छठ पर्वको अवसरमा स्कुटर खरिद गर्दा ५००० देखि १०,००० रुपैयाँ सम्मका नगद छुटको व्यवस्था गरिएको छ ।

    यी स्कुटरहरूको मूल्य १ लाख ६० हजार, १ लाख ८० हजार, र ३ लाख ५० हजार रुपैयाँ रहेको छ भने ई-रिक्सा २ लाखदेखि २ लाख ५० हजारसम्म बिक्रीमा रहेको जमुनी अटो सेन्टरका सञ्चालक विकास कर्माचार्यले जानकारी गराए ।

    Advertisement

    यस अटो सेन्टरले फाइनान्सको पनि सुविधा उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई किस्ताबन्दीमा पनि सवारी साधन खरिद गर्न सकिने बनाएको छ ।

    जमुनी अटो सेन्टरका सञ्चालक कर्माचार्यले भने, ‘नेपालगन्जका मानिसहरूलाई किफायती र बलियो विद्युतीय सवारी साधन उपलब्ध गराउन पाउँदा हामी खुसी छौं । विद्युतीय सवारी साधनहरूले न केवल यात्रा खर्च घटाउँछ, बरु वातावरण प्रदूषण घटाउने महत्वपूणर् योगदान पनि दिन्छ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »