Close sidebar
  • ताजा
  • लोकप्रिय
  • खजुरा स्थित लुम्बिनी प्रदेश प्रहरी गणमा भीड नियन्त्रण अभ्यास

    १९ असोज, बाँके । बाँकेको खजुरा गाँउपालिकामा संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र शसस्त्र प्रहरी बल नेपाल नं. ३० गण को सहकार्यमा संयुक्त भीड नियन्त्रण अभ्यास गरिएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

    Advertisement

    अभ्यास खजुरा स्थित लुम्बिनी प्रदेश प्रहरी गणमा शनिवार सम्पन्न गरिएको हो ।

    उक्त अभ्यास कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाली सेनाका प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालय प्रमुख, लुम्बिनी प्रदेश प्रहरी गण प्रमुख, शसस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख लागायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »