Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सबै क्षेत्रको आवश्यकता अनुसार बजेटमा प्राथमिकताः वडाध्यक्ष राज कुमार साहु

    १४ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा सबै क्षेत्रको आवश्यकता र जनताको चाहनाअनुसार बजेटमा प्राथमिकता दिएको वडाअध्यक्ष राजकुमार साहुले बताएका छन ।

    उनले नेपाल सरकारको बजेट नीति अनुसार सिमित बजेटमा जनतालाई असिमित चाहना र अपेक्षाहरुलाई समेट्नुपर्ने भएकोले कुन क्षेत्रमा कति आवश्यकता र के विषयलाई शुरुमा प्राथमिकता दिने कुरालाई मध्यनजर गर्दै सम्बोधन गर्दै आएको वडाध्यक्ष साहुले बताए ।

    Advertisement

    उनले कृषि, लक्षित वर्ग, निर्माण कार्य, मदर्शा, शिक्षा, लगायतको क्षेत्रमा बजेट छुट्याएको बताए । यद्यपि उनले प्रदेश र केन्द्रबाट पनि बजेट ल्याएर यस वडाको पुर्वाधार विकासमा सरकारको लगानी गरीरहेको बताए । यस आर्थिक वर्षमा पनि प्रदेश र केन्द्रबाट बजेटको लागि पहल गरीरहेको उनले बताए ।

    कुल बजेटको ३० प्रतिशत बजेट कार्यालय खर्च विनियोजन गर्दा करिब ५०-५१ लाख जनताको सेवा सुविधाका लागि विकास निर्माणमा खर्चिने उनले नाईल खबर संगको अन्तर्वार्तामा बताए । यस पटक २० प्रतिशत बजेट घटेर आएको छ ।

    Advertisement

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडासचिव सूर्य नेपालीले चालुआर्थिक वर्षमा ८१ लाखको बजेट सिलिङ प्राप्त भएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक करोड एक लाख ३८ हजार बजेट प्राप्त भएपनि यस वर्ष बजेट घटेर आएउको छ । यो बजेटमा कार्यालय खर्च ३० प्रतिशत समेत समावेश छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »