१४ असोज, काठमाडौँ । देशभर भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म १ सय ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३० जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपदमा १ सय ९४ जना घाइते भएका छन ।
Advertisement
बाढी पहिरो लगायतका विपद् पछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।
टिप्पणीहरू