१२ असोज, बाँके । बाँकेको कोहलपुरबाट आगूऔषध सहित अभिनास चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका-८ बाबानगर पिपिरी बस्ने २४ वर्षीय अभिनास चौधरीलाई अबैध आगूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरी अनुसार अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र नगद १८ हजार रूपैयाँ सहित चौधरीलाई पक्राउ गरिएको हो ।
उनलाई शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
Advertisement
उनलाई पक्राउ गरेर प्रहरीले थप आवश्यक अनुसन्धान पक्रिया अगाडि बढाएको छ ।
टिप्पणीहरू