Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनको सिफारिस

    १० असोज, काठमाडौँ । आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।

    ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो ।

    Advertisement

    प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो । अधिकृत तहको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ ।

    शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाही विरुद्ध छ । उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »