Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लेबनान प्रवेश गर्ने इजरायली सेनाको तयारी

    १० असोज, काठमाडौँ । इजरायली सेनाले लेबनानमा प्रवेश गरेर स्थल मार्गबाट पनि आक्रमण गर्ने योजना बनाएको छ ।

    इजरायली सेना प्रमुखले स्थलमार्गबाट लेबनानमै पुगेर आक्रमण गर्न सक्ने संकेत गरेको बीबीसीले रिर्पोट गरेको छ ।

    Advertisement

    ’हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ,’ लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले आफ्ना सैनिकहरूलाई भनेका छन्, ’तपाईंले लडाकु विमानको आवाज सुन्नुभयो । दिनभर हमला गरिरह्यौं । यसको उद्देश्य लेबनानमा प्रवेशको लागि सम्भावित बाटो खोल्नु र हिजबुल्लाहलाई लक्षित गर्नु हो।’

    लेबनानका स्वास्थ्य मन्त्रीले सेप्टेम्बर २५ मा भएको हवाई हमलामा ५० जनाको मृत्यु भएको बताएका छन् ।

    Advertisement

    इजरायलका अनुसार यी आक्रमणमा हिजबुल्लाहको गुप्तचर निकाय, लन्चर र हतियार भण्डारण स्थललाई निशाना बनाइएको थियो ।

    चर्किरहेको परिस्थितलाई मत्थर पार्नका लागि कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन् ।

    Advertisement

    – एजेन्सी

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »