९ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको नेपाली समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्पराहरू रहेका बताएका छन ।
नेपालको तराईमा विशेष गरेर थारू महिलाहरूले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।
Advertisement
उनले जितिया पर्वले जन-जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको समेत बताए ।
यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने सभापति देउवाले शुभकामना व्यक्त गरेका छन ।
टिप्पणीहरू