Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इजरेल र लेबननको सीमा क्षेत्रमा तनाब, १४० वटा रकेट प्रहार

    बीबीसी

    ४ असोज, काठमाडौँँ । इजरेल र लेबननको सीमा क्षेत्रमा दुवैतर्फबाट रकेट प्रहारका घटना बढेपछि इजरेली सेनाले देशको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई ‘बम प्रतिरोधी संरचना’ नजिक रहन भनेको छ ।

    इजरेलको सेनाले लेबननबाट आफ्नो देशको उत्तरी क्षेत्रमा कैयौँ रकेटहरू प्रहार गरिएको जनाएको बीबीसीले जनाएको छ । रकेटहरू प्रहार भएपछि स्थानीयलाई सचेत गराउन चेतावनी प्रणालीहरू सक्रिय भएका थिए ।

    Advertisement

    इरानले समर्थन गरिरहेको लडाकु समूह हिज्बुल्लाहलाई लक्षित गर्दै इजरेलले दक्षिणी लेबननमा आक्रमण गरेलगत्तै इजरेली क्षेत्रमा रकेट आक्रमण भएको हो ।

    इजरेल डिफेन्स फोर्सले शुक्रवार अबेरसम्म देशको उत्तरी क्षेत्रमा १४० वटा रकेट प्रहार भएको पुष्टि गरेको छ ।

    Advertisement

    खसालिएका रकेटका कारण भएको आगलानी नियन्त्रणका लागि अग्नि नियन्त्रक र उद्धारकर्मीहरू परिचालन भएका बुझिएको छ । अधिकांश रकेटहरू खुला क्षेत्रमा खसेका कारण मानवीय क्षति नभएको दाबी गरिएको छ ।

    इजरेलले पनि हिज्बुल्लाह लडाकुहरूमाथि लक्षित गर्दै लेबननका दक्षिणी क्षेत्रहरूमा आक्रमण जारी राखेको छ ।

    Advertisement

    लेबननको राजधानी बेइरुतस्थित हिज्बुल्लाहको पकड क्षेत्रको आकाशमा धुवाँको मुस्लो देखिएको विवरण सार्वजनिक भएका छन्। इजरेली सेनाले केही निसानाहरूमा प्रहार गरिएको पुष्टि गरे पनि थप विवरण सार्वजनिक गरेको छैन।

    अर्कोतर्फ इजरेलको सेनाले गाजा क्षेत्रमा भएको पछिल्लो हवाई र ट्याङ्क आक्रमणमा १४ जना प्यालेस्टिनीहरू मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीबाट

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »