Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रुपन्देहीको कोटहीमाईमा एक किशोरी बलात्कृत, तीन जना नियन्त्रणमा

    १६ भदौ, काठमाडौँ । रुपन्देहीको कोटहीमाई गाँउपालिकामा अन्दाजी १९ बर्षिय किशोरीलाई बलात्कार गरेकाे अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    किशोरीलाई तालिमको बहानामा ललाइ फकाई गरेर तीन जनाले बलात्कार गरेको बुझिएको छ । कोटहीमाई गाँउपालिकाका उद्यम बिकास सहजकर्ता मुकेश चौधरीले गाँउपालिकाबाट तालिम परेकोले उक्त तालिम अवसीय तालिम रहेको हुनले भैरहवामा सञ्चालन हुने भएकोले वास वस्ने गरी आफनै मोटरसाइकलमा बसालेर लगेको पीडितको परिवारले जनाएको छन ।

    Advertisement

    घटना भदौ ५ गतेको भएपनि तीन जनाले बाहिर कोहीकसैलाई नभन्न डर त्रास देखाएको पीडितले बताएका छन । पीडितको शरीरवाट लगातर रगत बगिरहेको अवस्थामा सोधपुध गर्ने क्रममा घटना परिवार भित्र बहिरिएको हो ।

    सामाजिक डरका कारण परिवारले घटना बाहिर ल्याएनन् । पिडित किशोरीको अवस्था नाजुक भएपछि बाहिरीएको हो ।

    Advertisement

    पीडितका अनुसार पीडक कोटहीमाई गाँउपालिका शिक्षा शाखामा कार्यरत प्रा.सा. ३२ बर्षिय मनोहर चौधरी, कोटहीमाईका उद्यम बिकास सहजकर्ता २६ बर्षिय मुकेश चौधरी (मुकेश चौधरी उद्यम बिकास सहजकर्ताको लुम्बनी प्रदेशको अध्यक्ष समेत हुन) र कोटहीमाई वडा नं ३ का वडाध्यक्ष बिष्णु पाण्डको छोरा ३५ बर्षिय बंन्टी पाण्डेलाई स्थानियले कुटपिट गरी प्रहरीलाई बुझाएका छन ।

    उनीहरु तीन जनालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटना अनुसन्धानका क्रममा भएको हुनले विस्तृतमा जानकारी गराउन नमिल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रवक्ताले जानकारी गराए ।

    Advertisement

    पीडितको आवाजलाई दबाउन राजनितिक दबाब दिनखोजिरहेको पीडितले बताएका छन ।

    प्रवक्ताले नाईल खबरलाई भने, ‘हामी अनुसन्धान गरीरहेका छौं । तुरुन्तै बोलीहाल्नु पर्ने त्यस्तो केही छैन । त्यहाँ आउने सामान्य उजुरी हुन्छ त्यस सम्बन्धमा हामी बुझिरहेका हुन्छौ । तुरुन्तै भन्दाखेर अलिकति अप्ठयारो हुन्छ । हामी प्रेस रिलिज नै गर्छौ ।’

    Advertisement

    हाल सम्म मुद्दा दर्ता नहुँदा रुपन्देहीका युवाहरु, सामाजिक अभियन्ता, सामजसेवी, पत्रकार लगायत मुद्दा दर्ता गर्न भैरहवा स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देही जाने तयारी रहेको पिडित पक्षले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »