Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जको सेतुचोकबाट ब्राउनसुगर सहित एक जना पक्राउ

    ९ भदौ, बाँके । नेपालगञ्जबाट लागूऔषध सहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका-४ सेतु विक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने ३९ वर्षीय सजाद अहमद सिद्धिकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.११ प २७९१ नम्बरको स्कुटरलाई जाँच गर्दा स्कुटरको एयर फिल्टरमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक सिद्धिकीलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »