Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवलपरासीमा सूचनाको हक सम्बन्धित २ दिने तालिम

    ३२ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दुई दिने सूचनाको हक सम्बन्धि तालिम सम्पन्न भएको छ ।

    सामुदायिक सारथीको आयोजनामा भएको तालिममा जिल्लाको सात वटै पालिकामा सञ्चार क्षेत्रमा कार्यरत रहेका तथा अभिरुचि राख्ने २५ जना सहभागीतामा तालिम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक , सूचनाको परिचय, सूचनाको कार्य, सूचना कारण सहितको प्रमाण, सूचनाको हकको सिद्धान्तहरु, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, सूचना सम्बन्धि ऐन कानुन, सूचना अधिकारको व्यवस्था, सुचना अधिकारीको जिम्मेवारी लगायतका विषयहरुमा प्रशिक्षण गरेका थिए ।

    साथै सूचना माग गर्ने तरिका र विधिको विषय तथा सूचनाले उत्पादन गर्ने शक्ति, चुनौती लगाएतको विषयमा लुनिभा तुलाधरले प्रशिक्षण गरेका थिए ।

    Advertisement

    त्यस्तै वकालतको परिचयका, कार्ययोजना, सहकार्य, सशक्तीकका र सूचनाको हकको दुरुपयोग गरेमा जरिवाना लगायतका सजायको भागिदार हुने विषयमा प्रशिक्षक करण बहादुर नेपालीले जानकारी गराए ।

    यस्तै, सूचनाको मागको पुर्व कार्ययोजना र सशक्तीकरण, क्षमता अभिबृद्धिका साथै आफ्नो परिचय आफै खोजी गर्नु पर्छ भन्ने कुराको जानकारी प्रशिक्षक अनिता गुरुङले गराएकी थिइन ।

    Advertisement

    चार जना प्रशिक्षकले प्रशिक्षण गरेको कार्यक्रममा रिटका केन्द्रीय उपाध्यक्ष बृजराज कुशवाहाले सहजीकरण गरेका थिए । साथै तालिममा सहभागिहरुले तालिम पश्चात कम्तिमा पनि एक एक वटा सूचना माग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

    कार्यक्रमको अन्तिममा सरोज धितालको अध्यक्षता रहनेगरी ११ सदस्यीय सूचनाको हक सम्बन्धि जिल्ला समिति समेत चयन गरिएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    5

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »