Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एक किलो १ सय ४ ग्राम अवैध लागूऔषध कोकिन सहित दुई जना विदेशी नागरिक पक्राउ

    ३० साउन, काठमाडौँ । अवैध लागूऔषध कोकिन १ किलो १ सय ४ ग्राम सहित २ जना विदेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तानजानियन नागरिक ५८ वर्षीय JUMA ABDULLA MZEE र भारतीय नागरिक K ZUCHOBENI TSOPOE रहेका छन् ।

    Advertisement

    लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरस्थित एक होटलमा बसेका JUMA ABDULLA MZEE को कोठा तलासी गर्दा झोलाभित्र लुकाई राखेको ८० वटा क्याप्सुलमा रहेको उक्त परिमाणको कोकिन सहित उनलाई पक्राउ गरेको हो ।

    साथै उक्त कोकिनका क्यापसुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक K ZUCHOBENI TSOPOE लाई समेत प्रहरीले पक्राउ गरेको हो  ।

    Advertisement

    थप अनुसन्धानको क्रममा K ZUCHOBENI TSOPOE ले उक्त कोकिन भारततर्फ लैजान लागेको समेत खुल्न आएको छ । बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ ।

    उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »