Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेष लगायत कार्यक्रम गर्ने

    २९ साउन, बाँके । नेपाल प्रेस युनियन बाँकेको बसेको कार्यसमिति बैठकले विभिन्न निणर्यहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारणसभा लगायतका कार्यक्रम गर्ने निणर्य गरेको हो ।

    युनियनले गरेको निणर्य अनुसार यही भदौ १५ गते युनियन बाँकेको वार्षिक साधारणसभा गर्ने निणर्य भएको छ । सो साधारणसभाको तयारी र व्यवस्थापनका लागि अध्यक्ष ढकालको संयोजकत्वमा सदस्यहरुमा सचिव भीष्म लोध, कोषाध्यक्ष खडक खत्री र सदस्य सलामत अलि शेख सहितको चार सदस्यीय समिति गठन गरिएको हो ।

    Advertisement

    यस्तै सोही दिन तीज महोत्सव कार्यक्रम गर्ने निणर्य गरिएको छ । महोत्सवको तयारी र व्यवस्थापनका लागि महिला उपाध्यक्ष निशा शाहको संयोजकत्वमा सदस्यहरु लक्ष्मी गौडेल, सावित्री बिश्वकर्मा, आरती कट्टेल र सुविता थारुसहित पाँच सदस्यीय समिति गठन गरेको छ ।

    यसैगरी हरितालिका तीजलाई लक्षित गरि यो वर्षपनि लेखनवृत्ति प्रतियोगिता र प्रेस युनियन बुलेटिनलाई निरन्तरता दिने निणर्य गरेको छ । सोको तयारी र व्यवस्थापनका लागि उपाध्यक्ष कमल खत्रीको संयोजकत्वमा सदस्यहरु बिक्रम बुढा, राम प्रसाद आचार्य र अभिषेक गुप्तासहित चार सदस्यीय समिति गठन गरिएको छ ।

    Advertisement

    साथै युनियनको साधरण सदस्य नवीकरण खुला गर्ने निणर्यसमेत गरेको छ । निणर्यअनुसार २०८१ साउन २७ गतेदेखि ०८१ भदौ १० गतेसम्म सदस्यता नवीकरणका लागि युनियन बाँकेले सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »