२० साउन, काठमाडौँ । विगत एक दशकको सरकारी विवरणले नेपालमा सडक दुर्घटनाबाट दैनिक रूपमा सात जनाको ज्यान जाने गरेको देखाएको छ ।
कतिपय विज्ञहरू यसले नेपालमा सडक सुरक्षाको अवस्था भयानक रहेको देखाएको बीबीसीले रिर्पोट गरेको छ ।
Advertisement
दुर्घटनामा आफ्नो परिवारका सदस्य गुमाएकाहरूले सडक दुर्घटनाले आफूहरूलाई आर्थिक र मानसिक रूपमा गहिरो क्षति पुगेको बताउने गरेका बीबीसीले उल्लेख गरेको हो ।
अधिक सडक दुर्घटनाका कारण कुनै पनि परिवार र राज्यलाई समेत व्यापक घाटा पुग्ने सरकारी निकायहरूले नै गरेका कतिपय अध्ययनहरूको निष्कर्ष छ ।
Advertisement
यद्यपि अध्ययनपछि बुझाइएका प्रतिवेदनहरूमा दिइएको त्यस्तो सुझाव कार्यान्वयन तर्फ सरकारले खासै चासो नदेखाएको विज्ञहरू बताउँछन् ।
ती अध्ययनअनुसार सडक सुरक्षा अभिवृद्धि र दुर्घटना न्यूनीकरणका लागि नेपालमा एउटा छुट्टै निकाय बनाउनुपर्ने आवश्यक भइसकेको छ ।
अधिकारीहरूसडक सुरक्षाबारे आफूहरू गम्भीर रहेको र आवश्यक सबै कार्यहरू गरिरहेको बताउदैँ आएका छन ।
टिप्पणीहरू