Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सेटिङ्गमा तस्करी गर्ने गराउने काम म संग हुदैँनः प्रहरी उपरीक्षक दिलिप घिमिरे

    १७ साउन, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ ।

    १) रौतहट बसाई कस्तो रहेको छ ?

    Advertisement

    रौतहट आएको सय दिन मात्र पुगेको छ । यस अवधिमा हामीले के-के गर्यौं भर्खरै सार्वजनिक गरेका छौँ । अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि छ सार्वजनिक गरिएका छन । नेपालमा सबै भन्दा मुस्किल बसोबासको हिसाबले, शिक्षा स्वास्थ्य रोजगारको हिसाबले चुनौति छ । जिल्लाका कुन कुन कुरामा काम गर्नु परेको छ ? त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन । स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनौतिलाई सहर्ष स्विकार्दै चुनौतिको सामना गरेर आगाडी बढेको छु ।

    २) रौतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?

    Advertisement

    तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । रौतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन । त, केही चुनौति पकै पनि छन । रौतहटमा केही मिडियाकर्मी साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।

    शान्ति सुरक्षा के हो ? भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । रौतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको, सुरक्षा चुनौति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनको अवधिमा के महसुस गरे कि बाहिरबाट बुझेको जस्तो रौतहट छैन । भित्रबाट एकदम समान्य छ । अहिलेका केहि घटना क्रमलाई हेर्ने हो भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनौति हुने खालका घटना घटेको छैन । ठुलो चुनौति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको छैन ।

    Advertisement

    ३) पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाँउको रुपमा रौतहटलाई लिने गरेको सुनिन्छ, तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ?

    आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहाँ पनि पैसा कमाउन सक्छन । तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाँउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको सय दिन भएको छ । यस अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन । तस्करी, मुद्दा मामिला वा गिट्टी वालुवा होस । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको रिजल्ट पनि दिन थालि सकेका छन ।

    Advertisement

    हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो । सतप्रतिसत रोक्न त गाह्रो होला । तर कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई रोकनका लागि हामीले भन्सार चोरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

    ४) सय दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढि हाईलाईट गर्न खोजिएको छ । सफल अनुसन्धान भनेर के बुझने ? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?

    जघन्य प्रकृतिका कर्तव्य ज्यानका घटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भोलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ ।
    यस आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं । घटनाको बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेका लाई सफल अनुसन्धान भन्छौं ।

    ५) न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनौं निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?

    मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यस प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुँदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य भएको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्माहत्या गरे भने त्यसमा उसको श्रीमानको साथ साथै सासू ससुरा, देवर, देवरानी जेठाजु, जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्दा हाल्ने प्रचलन छ ।
    त्यसमा मेरो पहिलो प्रयास के हुन्छ ? तपाईले बुझे जस्तै मेरो ध्यान के हन्छ कि सयौ अपराधी प्रमाण अभावमा छुटोस तर एउटा पनि निर्दोष मानिस नफसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्दा छन । कन्भिन्स गर्दा पनि हुदैँन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेको छ । को संलग्न छ छैन त्यसै अनुसार प्रक्रिया वढाउने गरिएको छ । आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ ।

    कुनै पनि निर्दोष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका छौ ।

    ६) महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिर्पोट छ तर जिल्ला प्रहरी रौतहटमा भिडभाड अचेत आएको बढी उजरी वहाहरु कै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन ?

    महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई राज्यले पनि विषेश ग्राहयता दिएका छन । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरिरहेको हुन्छ । हाम्रो युनिटहरुमा महिला वालवालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिइरहेछन । महिला वालवालिकाको कर्तव्य ज्यान वा बलात्कारका केश भयो भने अर्को शिर्षकबाट हेरिन्छ ।

    महिला बालवालिकाको बढि केश कस्तो हुन्छ कि घरेलु हिंसा, यौन दुर्व्यवहार, परिवारिक हिंसा, शारीरिक मानसिक यातना दिने कार्य ।
    यो कहाँबाट भएको हुन्छ भने घरको श्रीमान, सासू-ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानू पर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ । तर अन्य मुद्वाको हकमा आफुले चाहे जस्तो प्रगति हुदँैन । महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुँदा प्रगति बढि देखिएको छ ।

    ७) मिटर व्याजि बारे के बुझ्नु भएको छ ? यसमा पनि प्रगति भएको देखिएन ?

    रौतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजिका नाममा आएका छन । वास्तविक पीडित पनि मिटर व्याजिमा आएका छन । कसैले एक जनाको सम्पत्ति लिएर पाँच जनामा ट्रन्सफर गरि सकेका छन । मिटर व्याजिमा मुद्वा हालेर खेत खनजोत गर्न पाईन्छ कि हिसावले पनि मुद्वा आएका छन । यी सबै कुरालाई हेर्न आएको अनुचित लेनदेनको कानुनले कतिपय पुराना मुद्दा संग मेल खादैन । मुद्वा दर्ता गर्दा पनि पक्राउ पुर्जी आइदिन्न । यसको आलावा के गर्छौ भने मिलापत्र गराउने छलफल चलाउने । सहज केश छलफलको आधारमा टुँगिएका छन । जुन केश छलफलको आधारमा टुगिदैन केही केश नमिलेर प्रगति कम भएको हो ।

    ८) मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्द्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?

    कम्तिमा पैंतालीस जनाले त न्याय पाए । केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहि होईन । हामीले निरन्तर प्रयास गरेका छौं । मुद्वालाई प्राथमिकता निरधारण गरेका छौं । सहज मुद्वा, निवेदक र पीडित आएका मुद्वाहरुलाई छुट्यार छलफल गरि रहेका छौं ।

    ९) तपाईं रौतहट आउन साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध, जुवातास, अबैध मदिरा भठ्ठी तोडने लगायतका प्रतिवद्वता गर्नु भएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनु हुनछ कि कम्र्पोमाईज गरेर काम भई रहेकी छ ?

    मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ । तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन । त्यसबाट पनि अनुमान लगाउन सक्नुहुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ ।

    आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निश्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन । पीडितले न्याय पओस । सेवा पाओस भने जुन लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरि रहेको छु । पहिले कति भिडभाड हुन्थ्यो जिल्लामा विस्तारै भिडभाड घटदै छन । कुनै व्यक्तिले न्याय नपाएको गुनासो गर्ने अवस्था छ जस्तो मलाई लागदैन । मैले हरेक केशमा आफैले ईन्टरेस्ट लिएर सम्बोधन गरि रहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्द छ ।

    १०) तपाईं आउन साथ रौतहटमा तस्करी रोकिए अब सरकार परिवर्तन संगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएको छ । अब तपाईं तस्करी रोकन सक्नु हुन्छ ?

    सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी, अपराध-अपराधै हो । सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नु पर्छ मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेको छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानू पर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नू भयो त्यही कायम रहन्छ । सेटिङ्ग गर्ने तस्करी गर्ने काम हुदैन । यसमा सरकार खोल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन । यसमा कसैले गलत मनसाय लिई न परोस भनि यसै मिडिया मार्पत सबैलाई अनुरोध पनि गर्न चाहन्छु ।

    ११) तपाईं एक जनालाई अलग राखेर बाकि तस्करी लाईन मिलाएको छ भने सेटिङ्ग भएकोमा के गर्नु हुन्छ ? सधैं भरी बन्दुक लिएर बोडरमा तपाईको ड्युटी त हुदैँन ?

    जो चौकी ईन्चार्ज भएर गएका छन । उहाँहरुको आचारसंहिता बनाएका छौं । त्यो आचारसंहितामा सिगनेचर गराएर मात्र चौकीका ईन्चार्ज दिन्छौं । म आफै पनि नेपाल सरकारले राज्शव चुहावटमा दिएको कडा निर्देशन अनुसार उनीहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव मार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगायतका काम निरन्तर रुपमा गरि नै रहेको छु । चौकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा ठाँउका ठाँउ कार्वाही गर्ने, प्रमाण देखिएन चोकी ईन्चार्ज हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । रे को आधारमा प्रहरी चल्दैन । पन्द्र वर्ष पहिलाको नेपाल प्रहरी र हलको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेका छन । प्रहरीमा धेरै परिवर्तन भई सकेको छ । पहिलाको आँखाले होईन नयाँ आँखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ । जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »