Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रुकुम पश्चिममा गएराति बाढीले घर बगाउँदा ३ बालबालिकाको मृत्यु

    Ratopati

    १ साउन, सुर्खेत । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

    आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता र दुई बालबालिका सहित ६ जना घाइते छन् ।

    Advertisement

    आठबीसकोट नगरपालिका-१२ बगर स्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको बताइएको छ ।

    आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

    Advertisement

    यस्तै, १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीया जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् । उनीहरुको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको बुझिएको छ ।

    बेपत्ता रहेका बुढाथोकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »