किस्मत खतिवडा
१५ असार, विराटनगर । प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक कार्यक्रम गर्दै आइरहेको नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले आज असार १५ गते दाहाल प्रतिष्ठान, बिराटनगरको सभाहलमा मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
Advertisement
साकोस बिराटनगर शाखाका अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बिराट साहित्य संगमका प्रधान सम्पादक रामबाबु दाहालले पानसमा बत्ति बालेर समुद्घघाटन गरेका हुन ।
कार्यक्रममा बिराटनगर, इटहरी, टंकीसिनवारी लागायतका बिभिन्न ठाउँबाट साहित्यकारहरु, बिभिन्न साहित्यिक संस्थाका अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम निकै रोचक बनेको छ। हरि कट्टेल, बिनोद घिमिरे, भरत ‘बर्बरिक’, मधु पोख्रेल, मिनकुमार नबोदित लगायत थुप्रै साहित्यकारहरुले संस्थाले गरेका साहित्यिक गतिविधिको प्रशंसा गर्दै आफ्ना बिचार गरेका थिए । उपस्थित सर्जकहरुले रचना सुनाएर अतिथिहरुलाई मोहित पारेका थिए ।
Advertisement
कार्यक्रमको संचालन संस्थाकि सचिब सुजाता राईले गरेकी थिइन । कार्यक्रमको अन्त्यमा दहि चिउरा खाएर असार पन्ध्र मनाउदै कार्यक्रम समापन गरिएको थियो । साहित्य सिर्जना कला र संस्कृतिमा आफ्नो अलग पहिचान बनाउदै आएको साकोसको साहित्यिक आँगन सबैको साझा आँगन भएको दृश्य देखिएको उक्त कार्यक्रम निकै भब्य र सभ्य भएको थियो ।





















टिप्पणीहरू