Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसईई नतिजामा एनजी भनेको के हो ?

    प्रतिकात्मक तस्बिर

    १३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा नियमित तर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ को एनजी आएको हो ।

    नतिजा सार्वजनिक भएलगत्तै धेरै विद्यार्थीलाई एनजीको विषयमा धेरै प्रश्नहरु उठिरहेको होला ।

    Advertisement

    उसो भए एनजी भनेको के हो ?

    यस पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधन सहित) अनुसार सैद्धान्तिक तर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् ।

    Advertisement

    जसमा सैद्धान्तिक ७५ पूणर्ङकका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूणर्ङकमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।

    अर्थात् जम्मा १०० पूणर्ङकमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

    Advertisement

    यो पनि पढनुहोसः

    एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »