८ असार, बाँके । पश्चिम नेपालकै स्वास्थ्य केन्द्रको रुपमा स्थापित बाँकेमा रगत अभाव भएको छ । बाँकेका रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव भएको हो ।
केही दिन यता भईरहेको अत्याधिक गर्मीका कारण दाताहरुले रगत दानमा ओरालो लागेको छ । यति बेला नेपालगञ्ज देशमै उच्च तापक्रमको विन्दुमा छ ।
Advertisement
जसका कारण यहाँका अस्पतालहरुमा दैनिक रुपमा विरामीको चाप समेत बढ्दै गएको छ । विरामीको चाप बढ्न जादा रगत आपुर्तिमै समस्या भइरहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको हो ।
केन्द्रमा विभिन्न ग्रुपका एक सय ५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात रहेको बुझिएको छ । रक्त सञ्चारकेन्द्रमा मागअनुसार रगत अभावका कारण विरामी पक्षबाटै रगत व्यवस्थापन हुदैँ आएको छ ।
Advertisement
रक्त सञ्चारकेन्द्रमा रगत अभाव हुन जादा यतिबेला चिन्ता बढाएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रको तथ्यांक छ ।
टिप्पणीहरू