६ असार, काठमाडौँ । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनका कारण धेरैले ज्यान गुमाएका छन् ।
विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । कल्लाकुरिचीका जिल्ला अधिकारी एमएस प्रशान्तले जिल्लाको सरकारी मेडिकल कलेज अस्पतालमा उपचाररत व्यक्तिलाई भेटेका हुन् ।
Advertisement
मुख्यमन्त्री एमके स्टालिनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई रोक्न असफल हुने अधिकारीलाई कारबाही गरिएको बताए ।
स्टालिनले एक पोस्ट मार्फत आफ्नो दुख व्यक्त गरेका छन् । उनले भने, ‘कल्लकुरिचीमा मिसावट मदिरा सेवनबाट मानिसको ज्यान गएको खबर सुनेर म स्तब्ध र दुःखी छु ।’
टिप्पणीहरू