६ असार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुरानो पार्टीको सदस्यताको विषय सदनमा प्रवेश गरेको छ ।
उनी नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति भएकी थिइन् । एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन् ।
Advertisement
भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा चलेसँगै राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त हुने सेवासुविधाका विषयमा सरकारले नियमन गर्नुपर्ने सांसदहरूले कुरा उठाएका छन् ।
नेकपा एमालेको संगठन विभागले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नै नवीकरण नगरेको बताएको छ । पछिल्लो समय पार्टीको विभिन्न गतिविधिमा सक्रिय देखिएकी भण्डारीले पार्टी सदस्यता नवीकरण नै नगरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जनाइसकेका छन । न्यूज अफ नेपालमा खबर छ ।
टिप्पणीहरू