६ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नक्सालमा कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गराइएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको महानगरले जनाएको हो ।
Advertisement
नक्साल भगवतीको मन्दिरबाट नागपोखरी तर्फ जाँदा मध्य भागमा पर्ने चार ढुङ्गेमा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको महानगरले बताएको हो ।
करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन ।
Advertisement
बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका बर्षपछि फेरि देख्न पाइएको वृद्धले बताउँछन ।
पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन् । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताए ।
टिप्पणीहरू